शुक्रबार, वैशाख १४, २०८१

जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डबाट पायो अनुमति

नेपालखोज २०७७ भदौ २५ गते १४:५७

काठमाडौ । जनरल इन्स्योरेन्स कम्पनी नेपालले ३० लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीलाई ३० लाख कित्ता आईपीओ विक्री गर्न भदौ २४ गते बोर्डले अनुमति दिएको हो । आईपीओ निष्कासनका लागि कम्पनीले गत असार ५ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । हाल संस्थापकतर्फको रू. ७० करोड चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात रू. १ अर्ब चुक्तापूँजी कायम हुनेछ । विक्री प्रबन्धकको जिम्वेवारी एनआईबिएल एस क्यापिटल लिमिटेडले पुरा गर्नेछ ।

प्रतिक्रिया