शुक्रबार, वैशाख ७, २०८१

प्रदेश स्तरीय बाल दिवस सम्पन्न

नेपालखोज २०७७ भदौ २५ गते १५:३४

काठमाडाैं । राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा सात वटै प्रदेशमा बाल दिवस सम्पन्न भएको छ । भर्चुअल रुपमा सम्पन्न भएको बाल दिवसमा सातै प्रदेशका बालबालिका, बाल अधिकार अभियन्ता,सरकारी निकायका प्रतिनिधि तथा जनप्रतिनिधिको सहभागीता रहेको थियो ।“विपद् मा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिवद्धता” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं १ मा समाजिक विकास मन्त्रालयको आयोजना तथा बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समुह (कन्सोर्टियम नेपाल)को सहकार्य तथा बालबालिकाको क्षत्रमा काम गर्ने सस्थाहरुको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो भने प्रदेश नं २, बाग्मती प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशमा भने कन्सोर्टियम नेपालको आयोजना तथा उक्त प्रदेशका सामाजीक विकास मन्त्रालयहरुसँगको सहकार्य, त्यस प्रदेशका बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरुसँगको सहकार्य र विभिन्न १३ वटा संजालहरुको ऐक्यबद्घतामा वक्तृत्वकला प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको हो ।

गत भाद्र २२ र २३ गते सम्पन्न भएको वक्तृत्वकला प्रतियोगिताबाट प्रत्येक प्रदेशबाट १ जना बालक, १ जना बालिका र १ जना समावेशी सहित २१ जना छनोट भएका र ती बालबालिका भाद्र २५ गते राष्ट्रिय बाल अधिकार परिषद्ले आयोजना गरेको राष्ट्रिय स्तरको प्रतियोगितामा समेत सहभागी भएका छन । उक्त प्रतियोगिताबाट छनोट भएका प्रथम, द्धितिय र तृतिय प्रतिस्पर्धीहरुलाई आगामी भाद्र २९ गते हुने मूल समारोहमा नगद पुरस्कार प्रदान गरिने जानकारी राष्ट्रिय बाल अधिकार परिषद्का परियोजना संयोजक आत्मराम थापाले बताए ।

“कोभिड–१९ महामारीले बालबालिकाको शिक्षा र स्वास्थ्यमा पारेको प्रभाव र न्यूनिकरणका उपायहरु” विषयक वक्तृत्वकाला प्रतियोगीतामा७ वटा प्रदेशका ६४ वटा जिल्लाबाट १८० जना बालबालिकाले सहभागिता रहेको जानकारी कन्सोर्टियम नेपालका उपाध्यक्ष मोहन दंगालले गराएका छन् । साथै उक्त कार्यक्रमहरुको लागी वर्ल्ड भिजन इन्टरनेशनल, एस.ओ.एस. भिलेज ग्राम, अक्सफाम इन नेपाल लगायतले आर्थिक सहयोग गरेका थिए ।

प्रतिक्रिया