शुक्रबार, वैशाख १२, २०८२

बिहीबारको बजारमा बीमा समूहमा लगानीकर्ताको आकर्षण उच्च, कारोबार रकम १ अर्ब ३१ करोडभन्दा बढी

नेपालखोज २०७७ भदौ २५ गते १६:१३

काठमाडौं । बिहीवार शेयर कारोबारमा निर्जीवन बीमा समूहका कम्पनीहरुको शेयरप्रति लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । करिब २ घण्टा प्राविधिक समस्याबाट प्रभावित भई सुचारु भएको बजारमा ४ बजेसम्म १ अर्ब ३१ करोड ४८ लाख रूपैयाँ बढीको शेयर कारोबार भएको छ । यस अवधिमा कारोबारमा आएका १२ समूहमध्य बीमा समूहका कम्पनीहरुको शेयरमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । सर्वाधिक निर्जीवन बीमा समूहो परिसूचक ३ दशमलव २७ प्रतिशत र जीवन बीमा समूहका १ दशमलव ६९ प्रतिशत बढेको छ ।

लगानीकर्ताको माग बढेकै कारण राष्ट्रिय बीमा कम्पनीको सर्वसाधारण शेयरको मूल्य ९ दशमलव ९९ प्रतिशत र संस्थापक शेयरको मूल्य ९ दशमलव ९१ प्रतिशत बढेको छ । त्यस्तै रिलायन्स लाइफको ९ दशमलव ८९ प्रतिशत र एनआरएन इन्फ्रास्टक्चर डेभलपमेण्टको ९ दशमलव ८९ प्रतिशत बढेको छ । यो बेलासम्म सर्वाधिक कमाउनेमा निर्जीवन बीमा कम्पनीहरु बढी रहेका छन् ।

बजार पनि १० दशमलव ५३ अंक बढेर १ हजार ५१८ दशमलव ७३ विन्दुमा पुगेको छ । नेप्सेको कारोवार व्यवस्थान प्रणालीमा समस्या आएकाले बिहीवार १२ बजेर १९ मिनेटदेखि २ बजेर १५ मिनेटसम्म कारोबार रोकिएको थियो ।

प्रतिक्रिया