स्वदेश फर्किने नेपालीको दैनिक कोटा बढाइने
नेपालखोज
२०७७ भदौ २५ गते १७:५४
काठमाडौं । सरकारले विदेशमा स्वदेश फर्किने नेपालीको दैनिक कोटा बढाउने भएको छ । उडानका शर्तहरु पूरा गरेर आउने नेपालीलाई आउन दिने र सोही आधारमा उडान संख्या थप गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।
पिसिआर परीक्षण नेगेटिभ भएका यात्रुहरुको मागको आधारमा उडान संख्या थप गर्दै जाने र यसरी आउँदा दिनमा ३ हजारसम्म आउने उनले बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजनले) आयोजना गरेको वेबिनारमा बोल्दै भट्टराईले अब नेपाल आउन चाहने नेपालीहरुलाई सजिलो हुने दाबी गरे । त्यस्तै कम्पनीहरुले निशुल्क ल्याइदिन चाहनेलाई पनि उडान अनुमति दिइने भट्टराईको भनाई थियो ।
सम्बन्धित
प्रतिक्रिया