मंगलबार, वैशाख ११, २०८१

सप्तरीका एसपी र डीएसपीलाई कोरोना संक्रमण

नेपालखोज २०७७ भदौ २६ गते १३:५७

काठमाडौँ । सप्तरीका प्रहरी प्रमुख (एसपी) राजेन्द्र धमला र नायब उपरीक्षक (डीएसपी) तिलक भारतीलाई कोरोना संक्रमण भएको छ ।

केही दिनअघि दुवैको पीसीआर परीक्षणमा कोरोना भएको पुष्टि भएको थियो । धमलामा सामान्य लक्षण र भारतीमा कुनै लक्षण नभएको बताइएको छ ।

गत साता मात्र एसपी धमला प्रहरी प्रमुखका रुपमा सप्तरी पुगेका थिए । केही दिनअघि प्रदेश-१ प्रहरी प्रमुख र प्रदेश-४ प्रहरी प्रमुखलाई पनि कोरोना संक्रमण भएको थियो ।

प्रतिक्रिया