शुक्रबार, चैत १६, २०८०

जुम्लाका प्रजिअ थापा कोरोना संक्रमणमुक्त, ‘आयुर्वेदिक औषधिले कोरोना जित्न सहयोग पुग्यो’

नेपालखोज २०७७ भदौ २६ गते २२:३६

जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना सङ्क्रमणमुक्त भएका छन् । दश दिनको आइसोलेशन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

सङ्क्रमणमुक्त भएपछि उनले भने, “सङ्क्रमणपश्चात् यो बीचमा खान मीठो नलाग्ने, आलश्यता हुने, निराशा आउने जस्ता कुराको अनुभूति भयो । हौसलाको ग्राफ पनि तलमाथि भइरह्यो । कोरोना जितेर बाँचेकाको समाचारले खुशी तुल्याउथ्यो ।

मृत्युको खबरले खुशीमा ह्रास आउँथ्यो ।” आयुर्वेदिक औषधिको प्रयोगले पनि कोरोना भाइरस जित्न सहयोग पुगेको जनाउँदै उनले कोरोनाको कुनै उपचार नभएको बेला नागरिकहरुको माया, हौसला सहानुभूति र शीघ्र स्वास्थ्य लाभको कामना एवं शुभेच्छा नै कोरानासँग लड्ने आत्मबल एवं संजिवनी बुटीको काम गरेको बताए ।

हरेकले आत्मबल बलियो बनाउँदा कोरोनामाथि विजय हुने उनकको विश्वास थियो । एक हप्ताको आइसोलेशन बसाइपछि नियमित काम आउने प्रजिअ थापाले जानकारी दिए ।

प्रतिक्रिया