एनएमबि बैंकः सञ्चालक पदमा जीवन कुमार कट्वाल नियुक्त
नेपालखोज
२०७७ भदौ २८ गते १३:१७
काठमाडौं । एनएमबि बैंकको सञ्चालकमा जीवन कुमार कट्वाल नियुक्त भएका छन् ।
कम्पनीको भदौ २६ गते बसेको ४०८ औं सञ्चालक समितिको बैठकको निर्णय अनुसार कट्वाल सञ्चालकमा नियुक्त भएका हुन् । कट्वाल संस्थापक शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।
यसअघि सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै आएका राजेन्द्र काफ्ले सेवा निवृत भएकाले उनको सट्टामा कट्वाललाई नियुक्त गरेको कम्पनीले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया