मेगा मोटर्सको भर्चुअल अटो शोमा ४ लाखसम्म नगद छूट
काठमाडौं । निशान र ड्याट्सनको आधिकारिक डिलर मेगा अटो मोटर्सले भर्चुअल अटो शो गर्ने भएको छ । अटोमोबाइल व्यवसायको सबभन्दा ठूलो प्रदर्शनी नाडा अटो शो नहुने भएपछि त्यसको विकल्पस्वरूप मेगा मोर्टसको भर्चुअल अटो शो हसने भएको हो ।
उक्त अटो शोमा छूट र विभिन्न स्किमसहितका योजना समावेश गरिने कम्पनीले जनाउको छ । कम्पनीका प्रबन्धक मशेन पालले अनलाइनमार्फत आफ्ना प्रोडक्टहरूबारे ग्राहकलाई जानकारी दिने र अनलाइनमार्फत बुकिङसमेत गरिने बताए ।
‘नाडा अटो शो नेपालको सबैभन्दा ठूलो प्रदर्शनी हो । सबैभन्दा बढी गाडीको कारोबार हुने समय यही भएकोले अटो शो पर्खिएर बसेका ग्राहकका लागि हामीले भर्चुअल प्रदर्शनी गर्न लागेका हौं’, पालले भने ।
उनका अनुसार कम्पनीले भर्चुअल शोमार्फत गाडी खरीद गर्ने ग्राहकका लागि रू ३ लाखदेखि साढे ४ लाखसम्म नगद छूट, १ वर्षको बीमा, १ वर्षको सडक दस्तुर र निःशुल्क सर्भिसिङ सुविधाको स्किम राखिने छ । पालले भने, नेपालमा सार्वजनिक निशान र ड्याट्सनका सबै प्रोडक्टहरू प्रदर्शनीमा राखिने छ ।
कम्पनीले महाराजगञ्जस्थित आफ्नै शोरुमबाट आगामी सोमवारदेखि बुधवारसम्म भर्चुअल अटो शो गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया