शुक्रबार, वैशाख १२, २०८२

कमलामाई नगरपालिकालाई बाणिज्य बैंकले सहुलियतपूर्ण कर्जा दिने

नेपालखोज २०७७ भदौ २८ गते १६:३३

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र कमलामाई नगरपालिका (सिन्धुली जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौता बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्री बिच भएको हो ।

नगरलालिकाले नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

बैंकले आफ्नो कूल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया