बुधबार, असार ६, २०८१

बाह्रबीसे पहिरो अपडेट : मृतक संख्या ११ पुग्यो, २० अझै बेपत्ता

नेपालखोज २०७७ भदौ २८ गते १७:१३

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परि बेपत्ता भएका मध्ये ११ जनाको शव फेला परेको छ ।

पहिरोमा २० जना अझै वेपत्ता छन् । ज्यान गुमाउनेमा ७ महिला र ४ पुरुष रहेका छन् । बाह्रबीसेकी उपमेयर सुशिला पाख्रिनका ६२ वर्षकी भक्तिमाया श्रेष्ठ, वर्ष १० की ल्याक्सी तामाङ, वर्ष ६५ का धनलाल नेवार, वर्ष २४ को शुकलाल विक, वर्ष २३ को जुनु विक, वर्ष ८ का सन्देश विक, वर्ष ४२ की ज्ञानीमाया प्रधान, वर्ष ६० का सर्किनी नेवार र वर्ष ६० की हिरामाया नेवारको शव भेटिएको हो । त्यस्तै थप दुई जनाको शव पनि प्रहरीले फेला पारेको छ ।

५ वर्षीय सरस्वती विक र २८ वर्षीय करण श्रेष्ठको शव फेला परेको उपमेयर पाख्रिनले जानकरी दिइन् । वेपत्ताको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरु खटिएका छन् । पहिरामा परी घाइते भएका तीन जनाको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेको छ ।

प्रतिक्रिया