शुक्रबार, वैशाख १२, २०८२

टोटेनहमलाई एभर्टनको चुनौती

नेपालखोज २०७७ भदौ २८ गते २०:०६

एजेन्सी । प्रिमियर लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् । नयाँ सिजनको दोस्रो दिनको खेलमा आज दुई खेल हुन लागेका हुन् । आज हुने खेलमा टोटेनहमले एभर्टनसँग प्रतिस्पर्धा गर्दै छ ।

दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ९ः१५ मा सुरु हुनेछन् । आजको खेलमा जित निकाल्दै टोटेनहम सिजनमा राम्रो सुरुवात गर्ने योजनामा छ । जोसे मौरिन्होको प्रशिक्षकत्वमा रहेको टोटेनहमले यो सिजन उत्कृष्ट प्रदर्शन गर्ने योजना बनाएको छ ।

गत सिजन टोटेनहम लिगको छैटौं स्थानमा रहँदै सिजनको अन्त्य गरेको थियो । यता एभर्टन पनि आजको खेलमा जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने योजनामा छ ।

आज नै हुने अर्को खेलमा लेस्टर सिटीले वेस्ट ब्रोमसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ६ः४५ मा सुरु हुनेछ । गत सिजन उत्कृष्ट प्रदर्शन गरेर पनि च्याम्पियन्स लिगमा छनोट हुन नसकेको लेस्टर यो सिजन भने उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको छ ।

प्रतिक्रिया