शुक्रबार, वैशाख १४, २०८१

बाग्मतीको लगातार दोस्रो जित

नेपालखोज २०७७ माघ ५ गते १७:५०

काठमाडौं । वाग्मती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको खेमला वाग्मतीले सुदूरपश्चिम प्रदेशलाई १८० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३०० रनको विजय लक्ष्य पछ्याएको सुदूरपश्चिमले २१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ११९ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक ४४ रनको योगदान गरे । २९ बल खेलेका उनले १ चौका र ५ छक्काको सहयोगमा ४४ रन बनाए । त्यस्तै, अर्जुन साउदले ३१ रनको योगदान गर्दा किरण ढगुन्नले २४ रन जोडे ।

बलिङतर्फ वाग्मती प्रदेशका लागि रामनरेश गिरीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, नन्दन यादवले २ विकेट लिँदा दिपेश श्रेष्ठ, तिलक भण्डारी र विपीन आचार्यले समान १र१ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको वाग्मतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९९ रन बनाएको थियो ।

वाग्मतीका लागि ओपनिङमा आएका आदिल र चौथो नम्बरमा ब्याटिङ गर्न आएका पृथु बास्कोटाले अर्धशतकीय पारी खेले । ९४ बल खेलेका पृथुले १० चौका र २ छक्काको सहयोगमा ८४ रन बनाए । त्यस्तै, ८६ बल खेलेका आदिलले १० चौकाको सहयोगमा ६३ रन जोडे ।

वाग्मतीका लागि कप्तान ज्ञानेन्द्र मल्ल र विपीन आचार्यले समान ३२/३२ रनको योगदान गरे ।

आजको खेलमा सहज जित निकाल्दै वाग्मतीले दुई खेलमा ४ अंक जोडेको छ । समूह ‘बी’मा वाग्मती ४ अंकसँगै शीर्ष स्थानमा रहेको छ । सुदूरपश्चिमले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिक्रिया