शुक्रबार, वैशाख १४, २०८१

खाली पेटमा कागती पानी पिउदा हुन्छन यस्ता फाइदा

नेपालखोज २०७७ भदौ २९ गते ५:०३

१. बिहान उठेर कागती पानी पिउने गर्नाले शरीरको बिकार पदार्थ निकाल्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ ।

२. कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर निखार लेराउने काम गर्छ ।

३. कागती पानीले शरीरमा पाचन रसको उत्पादनमा सहयोग गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ ।

४. शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई कागती पानीले कम गर्छ ।

५. कागती पानीले मुख गन्हाउने समस्या समाधान गर्न मद्दत गर्छ ।

६. कागतीमा पाईने भिटामिन सी र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ ।

७. बिहान उठेर नियमित कागती पानी पिउने गर्नाले दिनभर शरीरलाई स्फूर्ती राख्न र शरीरमा पानीको कमी हुन दिँदैन ।

८. यदि तपाई शरीरको तौल घटाउने प्रयासमा हुनुहुन्छ भने बिहान उठेर एक गिलास कागती पानी पिउन निकै लाभदायक हुन्छ ।

प्रतिक्रिया