शुक्रबार, वैशाख १२, २०८२

दुई घण्टामै १ अर्ब ३८ करोडभन्दा बढीको शेयर कारोबार, जलविद्युत कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण

नेपालखोज २०७७ भदौ २९ गते १३:१९

काठमाडौं । सोमवार दुई घण्टामै १ अर्ब ३८ करोड १७ लाख ५९ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस अवधिमा १८८ कम्पनीको शेयर २१ हजार ३९३ पटकको व्यापारमा ४१ लाख ५६ हजार ३५५ कित्ता खरिद विक्री भएको हो ।

दुई घण्टाको कारोबारमा नेप्से परिसूचक १३ दशमलव २४ अंक बढेर १ हजार ५५० दशमलव ४८ विन्दुमा पुगेको छ । उता, ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३ अंक बढेर ३०६ दशमलव ९७ विन्दुमा पुगेको छ । अपरान्ह १ बजेसम्म लगानीकर्ताहरुको आकर्षण जलविद्युत कम्पनीहरुको शेयरप्रति देखिएको छ ।

यो अवधिसम्म कारोबारमा आएका १२ समूहमध्य जलविद्युत समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव १४ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ समूहको १ दशमलव २ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ४५ प्रतिशत, होटल समूहको २ दशमलव शून्य ९ प्रतिशत, विकास बैंकको १ दशमलव १९ प्रतिशत, वित्तको शून्य दशमलव १२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव १३ प्रतिशत, अन्यको शून्य दशमलव ९६ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ५ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव शून्य १ प्रतिशत परिसूचक बढेको छ ।

यो अवधिसम्म लघुवित्तको शून्य दशमलव शून्य ४ प्रतिशत र निर्जीवन बीमा समूहको शून्य दशमलव ६६ प्रतिशत परिसूचक घटेको छ ।

प्रतिक्रिया