शुक्रबार, वैशाख १२, २०८२

नयाँ नेपाल र सारथी लघुवित्त मर्जरपछि एकिकृत कारोबार असोज ५ देखि हुने

नेपालखोज २०७७ भदौ २९ गते १४:४९

काठमाडौं । नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्त एक आपसमा गाभिएपछि असोज ५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । दुई लघुवित्त एक आपसमा गाभिएपछि सारथी नेपाल लघुवित्तको नामबाट परिणत भएर एकीकृत कारोबार भएको छ ।

दुवै कम्पनीबीच गत माघ २० गते मर्जर सम्बन्धी सम्झौता भएको थियो भने एकीकृत कारोबारका लागि राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृति दिएको थियो ।दुवै लघुवित्तको विशेष साधारणसभाले १ बराबर १ को अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए ।

नयाँ नेपाल लघुवित्त नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत रही १० जिल्लामा कार्यक्षेत्र रहेको छ भने सारथी लघुवित्त नेप्सेमा सूचीकृत भएको छैन । मर्जपछि लघुवित्तको केन्द्रीय कार्यालय काभ्रे, धुलिखेल नगरपालिकामा रहने बताइएको छ ।

हाल नयाँ नेपालको चुक्ता पुँजी १० करोड ८ लाख रुपैयाँ छ भने सारथीको चुक्ता पुँजी १३ करोड ४५ लाख ८६ हजार रुपैयाँ छ । मर्जपश्चात लघुवित्तको चुक्तापुँजी २३ करोड ५३ लाख ८६ हजार पुग्नेछ ।

सारथी लघुवित्तसँग मर्जर सम्झौता गरेपछि गत माघ २१ गतेदेखि नयाँ नेपाल लघुवित्तको शेयर कारोबार दोस्रो बजारमा रोक्का भएको छ ।

प्रतिक्रिया