सोमबार, असार ४, २०८१

असोज ५ बाट आन्तरिक उडान र लामो दूरीका यातायात सञ्चालन

नेपालखोज २०७७ भदौ ३० गते ६:५८

काठमाडौं । असोज ५ गतेबाट सरकारले लामो दूरीका अन्तरजिल्ला यातायात सेवा र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार सम्पन्न बैठकले यससम्बन्धी निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण बढेसँगै सरकारले २०७६ चैतबाट यातायात सेवा र आन्तरिक हवाई उडानहरु बन्द गरेको थियो । कोरोना संक्रमण अत्यधिक बढेसँगै लगाइएको निषेधाज्ञा केही खुकुलो गर्दै लगे पनि अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडानमा भने रोक लगाइएको थियो ।

प्रतिक्रिया