बीओकेको संस्थापक सेयर लिलामी पक्रिया मंगलबारबाट पुन खुल्यो
नेपालखोज
२०७७ भदौ ३० गते १२:१५
काठमाडौं । बैंक अफ काठमाण्डूको निषेधाज्ञाका कारण स्थगित भएको संस्थापक सेयर मंगलबारबाट पुनः लिलामी बिक्री हुने भएको छ ।
बैंकको ३ लाख १६ हजार १५६ कित्ता संस्थापक सेयर लिलामी प्रकृया पुन भदौ ३० गतेदेखि असोज ४ गतेसम्मको लागि खुला भएको छ । असोज ५ गते बिहान साढे १० बजे बोलपत्र खोलिने भएको छ । आवेदन दिन चाहने आवेदकले असोज ४ गते दिउँसो २ बजेससम्म शिलबन्दी बोलपत्र बुझाउनु पर्ने छ । न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
लगानीकर्ताले न्यूनतम १ हजारदेखि अधिकतम ३ लाख १६ हजार १५६ कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरमा बैंकका संस्थापक सेयरधनी तथा अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन पाउने छन् ।
सम्बन्धित
प्रतिक्रिया