शुक्रबार, वैशाख १२, २०८२

मंगलवार एक घण्टामा ५.१५ अंक माथी उक्लिएको बजारमा दिव्यश्वरी हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढ्यो

नेपालखोज २०७७ भदौ ३० गते १२:१८

काडमाडौं । मंगलवार एक घण्टामा शेयर बजार ५ दशमलव १५ अंक माथी उक्लिएर १ हजार ५४५ दशमलव ६६ विन्दुमा पुगेको छ । यस अवधिसम्म १६८ कम्पनीको ६ हजार ५५७ पटकको व्यापारमा ३४ करोड ९१ लाख ५९ हजार रूपैयाँ बराबरको १२ लाख २० हजार ८९४ कित्ता शेयर खरिद विक्री भएको छ ।

एक घण्टाको कारोबारमा ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९८ अंक बढेर ३०७ दशमलव २१ विन्दुमा पुुगेको छ । बढेको बजारमा मंगलवार दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ । अंकितमूल्य भन्दा कम शेयरमूल्य रहेको दिव्यश्वरी हाइड्रोको शेयरमूल्य प्रतिकित्ता ६ रूपैयाँले बढेर ६६ रूपैयाँ पुगेको छ ।

यस अवधिमा जोशी हाइड्रोको शेयरमूल्य सर्वाधिक ५ दशमलव ३२ प्रतिशतले घटेर प्रतिकित्ता ८९ मा झरेको छ । मंगलवार पनि सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीकै भएको छ । एक घण्टाको अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको २ करोड ६४ लाख ५९ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको हो ।

एक घण्टामा कारोबारमा आएका १२ समूहमध्य जलविद्युतको शून्य दशमलव शून्य ५ प्रतिशत, वित्तको शून्य दशमलव शून्य ५ प्रतिशत र लघुवित्तको शून्य दशमलव शून्य ३ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । यो अवधिसम्म सबैभन्दा बढी व्यापारिक समूहको परिसूचक १ दशमलव ७१ प्रतिशत बढेको हो ।

प्रतिक्रिया