बिहीबार, वैशाख १३, २०८१

कटुवा पेस्तोल र गोलीसहित दुईजना पक्राउ

नेपालखोज २०७९ असार ११ गते १६:४७

काठमाडौं । काठमाडौं महानगरपालिका २६, मित्रनगरस्थित क्याफेबाट प्रहरीले एकथान कटुवा पेस्तोल र एकथान गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका १४ का ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका १ घर भएकी २१ वर्षीया अस्मिता विक छन् । विशेष सूचनाका आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले क्याफेमा खानतलासी गर्दा उनीहरूलाई गएराति उक्त पेस्तोल र गोलीसहित फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया