शुक्रबार, वैशाख १२, २०८२

दुई घण्टामा ७९ करोडभन्दा बढीको कारोबार , सबैभन्दा बढी हिस्सा नेपाल पुनर्बीमा कम्पनीको

नेपालखोज २०७७ भदौ ३० गते १३:२२

काठमाडौं । मंगलवार दुई घण्टाको अवधिमा शेयर बजारमा ७९ करोड २१ लाख १३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अवधिमा १८७ कम्पनीको उक्त रकम बराबरको २४ लाख ४९ हजार ४४३ कित्ता शेयर खरिद विक्री भएको हो । कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । लामो समयदेखि सर्वाधिक कारोबार गर्दै आएको यस कम्पनीको मंगलवार दुई घण्टामा ५ करोड ४६ लाख ९४ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यो अवधिमा नेप्से परिसूचक १ हजार ५४० दशमलव ६९ विन्दुमा कायम भएको छ । परिसूचक शून्य दशमलव १८ अंकले बढेको हो । नेप्से परिसूचक स्थिर रहदा ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ३७ अंक घटेर ३०५ दशमलव ८७ विन्दुमा झरेको छ ।

दुई घण्टामा समूहगत परिसूचकमा व्यापारिक समूहको सबैभन्दा बढी शून्य दशमलव ४९ प्रतिशतले बढेको छ । यस अवधिमा विकास बैंकको शुन्य दशमलव २८ प्रतिशत, वित्तको शून्य दशमलव शून्य ८ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव शून्य ९ प्रतिशत , अन्यको शून्य दशमलव १३ प्रतिशत र लघुवित्तको शून्य दशमलव १९ प्रतिशत परिसूचक घटेको छ ।

प्रतिक्रिया