शुक्रबार, वैशाख १२, २०८२

सिटिजन्स बैंकको स्क्यान एण्ड विथ ड्र सेवा सार्वजनिक

नेपालखोज २०७७ भदौ ३० गते १६:१७

काठमाण्डौ । सिटिजन्स बैंकले स्क्यान एण्ड विथ ड्र सेवाको सुरुवात गरेको छ । बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता अनुसारको सेवा, स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ सो सेवा ल्याएको हो ।

स्क्यान एण्ड विथ ड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने बैंकले जानकारी दिएको छ । बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ र निकट भविष्यमा नै यस सेवालाई देशभरका अन्य शाखाहरुबाट समेत प्रवाह गर्ने उद्देश्यकासाथ कार्यारम्भ भइसकेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए । यसको प्रयोग सँगै कर्मचारी र ग्राहकको सम्पर्क घट्ने हुँदा संक्रमणको जोखिम न्यून हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकले देशैभरी फैलिएका आफ्ना ११० वटा शाखा, ९८ वटा एटिएम र १०४ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया