सोमबार, असार २३, २०८२

वाग्मती प्रदेश प्रमुख प्रसाईँसमक्ष वार्षिक प्रतिवेदन पेश

नेपालखोज २०७७ भदौ ३० गते १८:३८

काठमाडौं । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले वाग्मती प्रदेशका मुख्य न्यायधिवक्ता ओम थपलियाले पेश गरेका वार्षिक प्रतिवेदनमा आज ग्रहण गरेका छन् ।

प्रतिवेदनमा उल्लेख भएका बुँदा अध्ययन गरी तत्काल कार्यान्वयन गर्न वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइने प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।

प्रतिक्रिया