एसिड पीडितलाई जीवनभरको औषधि निःशुल्क
नेपालखोज
२०७७ भदौ ३० गते १८:५०
काठमाडौं । एसिड आक्रमण भएका सबैको जीवनभरको उपचार सरकारले गर्ने भएको छ ।
सरकारले उपचार गराउने र जीवनभर उनीहरूले लिन सबै औषधिसमेत सरकारले नै व्यवहोर्ने व्यवस्था गरिएको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । यस्तै एसिड आक्रमणमा परी घाइते भएकाहरूका लागि निःशुल्क शिक्षा उपलब्ध गराउने समेत निर्णय भएको उनले जानकारी दिए ।
सरकारले एसिड पीडितहरूको क्षमता विकास तथा सिप विकासका लागि तालिमका अवसर मिलाउने र योग्यता अनुसारका रोजगारी उपलब्ध गराउने समेत निर्णय भएको उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया