मंगलबार, वैशाख ११, २०८१

कसरी हुन्छ जलविन्दु ? कारण र समाधान यस्ता !

नेपालखोज २०७९ वैशाख २३ गते १८:५९

काठमाडौं । जलविन्दुले आँखामा समस्या पार्छ । विशेषगरी ४० वर्षभन्दा बढी उमेरका मानिसमा यस्तो समस्या देखिन सक्छ । समयमै उपचार नगराए दृष्टिविहिनसमेत हुन सक्छ । मधुमेय वा उच्च रक्तचापका बिरामीमा यसको जाखिम धेरै हुन्छ । कतिपयमा वंशानुगत कारणले पनि जलविन्दुको समस्या देखिने गरेको छ ।

कहिलेकाहीँ आँखामा भएको जलविन्दुबारे जानकारी नै नहुन सक्छ । एक्कासी आँखा बन्द भएपछि मात्र समस्या थाहा हुनसक्छ । त्यसैले समय समयमा आँखाको परीक्षण गर्नुपर्छ । जलविन्दु हुँदा आँखाको भित्री भागको आकार वढ्दै जान्छ । र, आँखाको नानीमा सफा पानीजस्तो तरल पदार्थ देखा पर्न सक्छ ।

जलविन्दु भएको सुरुवाती समयमै यसको निदान गर्न सकेमा केही घटाउन र दीर्घकालिन रुपमा नियन्त्रणमा राख्न सकिन्छ । यद्यपी पछि थाहा भएमा चाहिँ आँखाको शल्यक्रिया गरेर यसलाई निर्मूल पार्नुपर्ने हुन्छ ।

जलविन्दुको खतरा कसलाई रहन्छ ?
जलविन्दुको खतरा निम्न मानिसहरुमा बेसी हुन्छन् । १. ४० भन्दा बेसी उमेर, २. जलविन्दुको पारिवारिक इतिहास भएमा, ३.परको वा नजिकको दृष्टि कम हुने हरुमा, ४. आँखाको प्रेसर बेसी भएमा, ५. आँखामा पुरानो चोट लागेको इतिहास भएमा, ६. धेरै पातलो कोर्निया हुने हरुमा, ७. रक्त-प्रवाह सम्बन्धित शारिरिक बिमारी जस्तै मधुमेह, माइग्रेन, कम ब्लड-प्रेसर आदि ।

जलविन्दुको लक्षण ?
जलविन्दुका संकेत यिनका प्रकार र स्टेजमा भर पर्छन् । सामान्यतय प्रारम्भिक स्टेजमा एसको कुनै स्पस्ट संकेत हुँदैनन् । विरामी बढ्दै जाँदा बिस्तारै दृष्टिमा कमि हुँदै जान्छन् र अन्तिम स्टेजमा खाली बीच भाग मात्र देखिने ( टनेल भिसन ) हुन सक्छ । यसरी जलविन्दुले बिस्तारै स्थायी रुपमा अन्धोपन गराउने कारण यसलाई ‘दृष्टिको चोर’ पनि भनिन्छ । आँखाको प्रेसर बढेको बेलामा आँखा दुख्ने, प्रकाशको वरपर इन्द्र-धनुष जस्तो रङहरु देखिने, आँखा रातो हुने, वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखिन सक्छन् ।

जलविन्दुका प्रकार: सामान्यतया जलविन्दु निम्न प्रकारका हुन्छन् :
१. ओपन-एंगल जलविन्दु – यो सबै भन्दा सामान्य प्रकारको जलविन्दु हो । आँखामा पानी निकास गर्ने एंगलमा हुने ट्राबेकुलर मेस्वोर्कको असक्षमताले गर्दा यो प्रकारको जलविन्दु हुन्छ । यसमा बिस्तारै आँखाको दृष्टि कम हुँदै जान्छन । थाहा नै नपाई आँखाको ओप्टिक नर्वमा क्षति पुगिरहेको हुन्छ ।

२. क्लोस-एंगल जलविन्दु- यसप्रकार को जलविन्दु एंगलमा आइरिसको अबरोधले गर्दा हुने गर्दछ । यसप्रकार आँखामा अचानक प्रेसर बढ्ने, आँखा दुख्ने, रातो हुने, वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखिन्छन् ।

३. कोल्जेनिटल जलविन्दु – यो एक दुलर्भ प्रकारको जलविन्दु हो जुन सानो नबजात बच्चामा हुने गर्दछ । यो प्राय बंसानुगत कारणले हुन्छन् । आँखा सामान्य भन्दा ठुलो देखिने, पानी आउने, प्रकाशमा आँखा खोल्न नसक्ने जस्ता लक्ष्णहरु यसमा देखिन्छन् ।

४. सेकेन्डरी जलविन्दु- अरु कारणहरुको परिणामले गर्दा हुने जलविन्दु । जस्तै – पुरानो चोट, लामो समय सम्म स्टेरोइड दवाइको प्रयोग, अरु ट्युमर आदि । सबै जलविन्दुका बिरामीमा आँखाको प्रेसर बढी नै हुन्छ भन्ने छैन । आँखाको नर्मल प्रेसर २१ मर्करी भन्दा कम हुन्छ । आँखाको प्रेसर लगातार २१ मर्करी भन्दा कम भए तापनि ओप्टिक नर्व क्ष्यतिग्रस्त हुन सक्छ । यसलाई नोर्मल टेन्सन जलविन्दु भनिन्छ । कुनै-कुनै व्यक्तिमा आँखाको प्रेसर लगातार २१ मर्करी भन्दा बढी रहेतापनि ओप्टिक नर्व क्ष्यतिग्रस्त नभएको हुन सक्छ जसलाई ओकुलर हाइपरटेन्सन भनिन्छ । तर, यस प्रकारमा ओप्टिक नर्व क्षतिग्रस्त हुने । जलविन्दु हुने सम्भावना धेरै हुन्छ त्येसैले समयमै उपयुक्त उपचार गर्न जरुरी हुन्छ ।

प्रतिक्रिया