शनिबार, असार २१, २०८२

ओमानबाट एकैदिन १७४ नेपाली स्वदेश फर्किए

नेपालखोज २०७७ भदौ ३० गते २२:३६

काठमडौं । ओमानबाट १७४ नेपाली स्वदेश फर्किएका छन् । कोभिड-१९ को महामारीको कारण सिर्जित विषम परिस्थितिले नेपाल फर्कन दूतावासमा नाम टिपाएका मध्ये आज १७४ नेपाली स्वदेश फर्किएका हुन् ।

ओमानस्थित नेपाली दूतावासका अनुसार सलाम एअरको OV-427 को उडानमा ४१ महिलासहित १७४ जना नेपाल फर्किएका हुन्। यसअघि सलाम एअरको पाचौँ उडानमार्फत ८३० नेपाली स्वदेश फर्किसकेका छन् ।

आज छैटौँ उडानमार्फत नेपाल फर्किएका सबै नेपालीहरू तथा उक्त उडानका चालक दलका सदस्यहरू समेतको पीसीआर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको दूतावासले जनाएको छ ।

विमानस्थलमा ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले सम्पूर्ण यात्रुको सफल यात्राको कामना गरिन् । यसैगरी दूतावासमा द्बितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, सहचारी अनिल राना लगायत स्थानीय कर्मचारीहरू तथा नेपाली सोसल क्लबका प्रतिनिधिहरु समेत विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया