सोमबार, वैशाख २४, २०८१

नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

नेपालखोज २०७७ माघ १९ गते १४:२९

काठमाडौं । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बबरमहलको एक पार्टी प्यालेसमा सुरु भएको छ ।

केन्द्रीय कमिटी बैठकअघि यो समूहको स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका लागि एजेण्डा तय गरेको थियो ।

केन्द्रीय कमिटी बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुनेछ ।

यसअघि यो समूहको बैठक पुस ७ देखि ९ गतेसम्म बसेको थियो । उक्त बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाए र नेपाललाई अध्यक्ष चयन गरेको थियो ।

प्रतिक्रिया