१ हजार ६८ जनाले कोरोना जितेर घर फर्किए
नेपालखोज
२०७७ भदौ ३१ गते १७:५४
काठमाडौं । आज बुधबार कोरोना संक्रमणमुक्त भएर घर फर्कनेको संख्या १ हजार ६८ रहेको छ ।
पछिल्लो समय कोरोना संक्रमणको परिक्षणलाई तीब्र रुपमा अगाडि बढाइरहदाँ संक्रमितको संख्या अत्याधिक देखिन थाले पनि हरेक दिन कोरोना संक्रमितलाई जितेर घर फर्किनेको संख्या पनि बढ्दो छ । कोरोना संक्रमितको संख्या थपिएको समाचार अत्याधिक रुपमा प्रकाशन- प्रसारण भइरहेको अबस्थामा कोरोनालाई जितेर घर फर्किनेको संख्या उल्लेख्य भए पनि संचार माध्यममा सो समाचारले भने न्युन स्थान पाएको छ । यसै कारणले आमजनमानसमा त्रासको वातावरण पनि सिर्जना भएको पाइन्छ ।
हिजो कोरोनाबाट निको भएर घर फर्किनेको संख्या १ हजार ६३ थियो भने आज १ हजार ६८ जनाले कोरोनालाई जितेर घर फर्किन सफल भएका छन् । यो संख्या हिजोको संख्या भन्दा ५ जनाले धेरै हो ।
सम्बन्धित
प्रतिक्रिया