आइतबार, असार २२, २०८२

एकै महिनामा ४० देशका लागि १५ सय २५ जनाले लिए श्रम स्वीकृति

नेपालखोज २०७७ असोज १ गते १९:५७

काठमाडौं । रोजगारीका लागि विदेश जान भदौ महिनामा मात्रै १५ सय २५ जनाले श्रम स्वीकृति लिएका छन् । भदौ महिनामा मात्रै ४० देशमा जानका लागि १४ सय १८ जना पुरुष र १०७ जना महिलाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

यो तथ्याँक नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति लिनेको हो । कोरोना महामारीकै बेलामा पनि नेपालीहरु पुनः श्रम स्वीकृति लिएर विभिन्न देशमा जान थालेका छन् भने नयाँ श्रम स्वीकृति पनि खुलेको छ ।

भदौ महिनामा सबैभन्दा धेरै यूएई जानका लागि श्रम स्वीकृति लिइएको छ । यूएईका लागि ७७७ पुरुष र ६५ जना महिलाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

यूएईपछि खाडीकै अर्को देश कतारका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या रहेको छ । कतारका लागि २५५ जना पुरुष र २ जना महिला गरी २५७ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यसैगरी साउदीका लागि ५५ जना, ओमानका लागि ४१ जना, बहराइनका लागि ५६ जना, कुवेतका लागि २५ जनाले श्रम स्वीकृति लिएका छन् भने मलेसिया जानका लागि ३३ जनाले श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया