हिरासतमा मृत्यु भएकाहरुको अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय
नेपालखोज
२०७७ असोज १ गते २०:३८
काठमाडौं । प्रहरी हिरासतमा भएको मृत्युको सम्बन्धमा अध्ययन गर्न कानुन, न्याय तथा मानव अधिकार समितिले उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
समितिको आज बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो । केही दिन अघि रौतहतमा प्रहरी हिरासतमा विजय महराको मृत्यु भएको थियो । महराका परिवारले प्रहरीले यातना दिएका कारण मृत्यु भएको भन्दै शव लिन अहिलेसम्म मानेका छैनन् ।
बेला–बेला भएका आपराधिक घटनाहरुको अनुसन्धान गर्ने क्रममा प्रहरीले आरोपीलाई नियन्त्रणमा लिई हिरासतमा चरम यातना दिँदा मृत्यु हुने गरेको घटना सार्वजनिक हुँदै आएको छ । यस्तै खाले घटनाहरुको अध्ययन गर्न उपसमिति गठन गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया