विद्युतीय प्रणाली मार्फत राजस्व निर्धारण तथा संकलन शुरु
नेपालखोज
२०७७ असोज १ गते २२:२७
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युतीय प्रणाली मार्फत राजस्व निर्धारण तथा संकलन शुरु गरेको छ । महानगरपालिकाले आज वडा नम्बर २६ लगायत १० वटा वडाबाट सेवा सञ्चालन गरेको हो ।
महानगरपालिकाको सातौं नगरसभाको निर्णय अनुसार विभिन्न १० वटा वडाबाट सेवा शुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बताए ।
उनकाअनुसार, सेवाग्राहीले समयमा कर तिर्न नपाइएको, सेवा समयमा नपाइएको गुनासो गरेकाले अब सबैले घरैबाट कर तिर्न सक्ने व्यवस्था गरिएको हो । अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक कति राजस्व संकलन भयो भन्ने थाहा पाउन सकिनेछ ।
यसबाट कुन क्षेत्रमा के कति कर उठाउन बाँकी छ भन्ने तथ्याङ्क पनि आउने भएकाले काम गर्न सहज हुने विश्वास महानगरपालिकाले लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया