शुक्रबार, चैत १६, २०८०

कागती पानी सेवन गर्नुका फाइदै फाइदा

नेपालखोज २०७७ असोज २ गते ५:०३

१.तातो पानीमा कागती मिलाएर विहानको समयमा पिउँदा यसले हाम्रो शरीरको पाचन प्रणालीलाई स्वस्थ राख्छ।

२. यसमा हुने तत्वले मुटुलाई समेत स्वस्थ राख्न मद्दत गर्छ ।

३. कागतीको रस तातो पानीमा राखेर पिउनाले कलेजो स्वस्थ राख्छ। यसले गर्दा इन्जाइमको काम पनि प्रभावकारी हुन्छ। कलेजोमा जम्मा हुने विकार सफा मद्दत गर्छ ।

४. कागती पानीको नियमित सेवनले रक्त चाप पनि सन्तुलित राख्छ।

५. कागती पानीमा हुने सिट्रिक एसिडले शरीरमा पसिना निकाल्न सहयोग गर्छ। जसबाट विकार शरीर बाहिर निस्किन्छ। त्यसैगरी शरीरमा क्याल्सियम कार्वोनेट बनाउँछ र अन्य शक्तिशाली रसायनलाई विस्थापित गर्छ। यसरी रक्त चाप सन्तुलित राख्छ।

६. कागती पानीले हाम्रो शरीरमा रोगसँग लड्न सक्ने क्षमता बृद्धि गर्छ र यसमा हुने भिटामिन सीले चिसोबाट पनि बचाउँछ र शरीरका कोषहरूलाई बलियो तुल्याउँछ।

७. कागतीमा हुने भिटामिन सीले त्वचालाई जवान राख्छ भने मरेको छालाका कोषहरूलाई बाहिर फाल्न पनि सहयोग गर्छ। कागती हालेको तानो पानी छालामा लगाउँदा समेत फाइदा गर्छ।

८. कागती पानीले श्वासप्रश्वास सम्बन्धी समस्या हुनेलाई राम्रो गर्छ र यसले ब्याक्टेरियादेखि बचाउँछ।

९. तरकारी तथा सलाद काट्ने चपिङ बोर्डमा हानिकारक किटाणु हुन्छन् । त्यसैले यसलाई राम्रोसँग सफा गर्नुपर्छ । चपिङ बोर्ड मात्र होइन, चक्कु वा अन्य किचेनका भाँडाकुँडा सफाइ गर्दा कागतीको प्रयोग गर्नु लाभदायी हुन्छ र यसले हानिकारक किटाणुलाई नष्ट गर्न मद्दत गर्छ ।

प्रतिक्रिया