सोमबार, असार ४, २०८१

गरिमा विकास बैंकको एकै दिन खुल्यो उपत्यकासहित देशभर ६ नयाँ शाखा

नेपालखोज २०७७ असोज २ गते ११:४२

काठमाडौं । गरिमा विकास बैंकले बिहीबार एकै दिन ६ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिर गरी देशका विभिन्न स्थानमा  शाखा कार्यालय स्थापना गरेको हो ।

बैंकले उपत्यकाभित्र काठमाडौंको ढुंगेधारा तथा ललितपुरको इमाडोलमा नयाँ शाखा संचालनमा ल्याएको छ भने उपत्यकाबाहिर नवलपुरको गैंडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुरमा शाखा बिस्तार गरेको छ ।

साथै गरिमा विकास बैंकका शाखा काठमाडौं उपत्यकाभित्र मात्रै १३ वटा पुगेका छन् । देशभर सबै प्रदेशमा गरि बैंकका ९७ वटा शाखा, ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढी एजेन्ट छन् ।

प्रतिक्रिया