ग्लोबल आइएमई बैंकको गोरथली र ज्यामिरगढीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा
नेपालखोज
२०७७ असोज २ गते १३:३२
काठमाडौं । ग्लोबल आइएमई बैंकले सिन्धुपालचोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
गोरथली बैंकिङ सेवाको प्रतिनिधिमा साङे शेर्पा र ज्यामिरगढीको प्रतिनिधिमा तीर्थराज काफ्ले नियुक्त भएका छन् ।
बैंकका अनुसार यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कजार््को व्याज भुक्तानी गर्ने, डिसहोम, विभिन्न टेलिफोनको महशुल भुक्तानी र मोबाइल रिचार्ज सेवा लिन सकिने जनाएको छ ।
कृषि, रेमिट्यान्स तथा पर्यटनको मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन यो सेवा सुरुवात गरिएको बैंकले जनाएको छ । योसँगै बैंकको शाखारहित बैंकिङ सेवा २ सय २० पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया