नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु
नेपालखोज
२०७७ असोज २ गते १६:५३
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा थप सात जनाको मृत्यु भएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ । कोरोना संक्रमणबाट बिहीबार चारजनाको मृत्यु भएको थियो ।
त्यसैगरी कोरोना संक्रमणकै कारण बुधबार देशभर ८ जनाको मृत्यु भएको थियो भने मंगलबार ११ जनाको मृत्यु भएको थियो । सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया