संविधान दिवस नमनाउन र विरोध गर्न जसपाको आह्वान
नेपालखोज
२०७७ असोज २ गते १९:५८
काठमाडौं । संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले गत वर्ष जस्तै यस वर्ष पनि संविधान दिवस नमनाउन र विरोध गर्न आह्वान गरेको छ ।
पाँच वर्षअघि संविधान घोषणा हुँदादेखि नै जसपामा आबद्ध दलहरुले असन्तुष्टि र विरोध जनाउँदै आएका छन् । संशोधन नभएसम्म संविधान विभेदकारी भएको आरोप लगाउँदै आएका उनीहरुले असोज ३ गतको संविधान दिवसलाई अस्वीकार गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
अघिल्ला वर्षहरुमा जसपामा आबद्ध दल राजपा र संघीय समाजवादीले असोज ३ गतेलाई ‘कालो दिन’को रुपमा घोषणा गरेर संविधानको विरोध गरेका थिए ।
तर यस वर्ष भने संविधानको पक्षमा हुने कार्यक्रममा भाग नलिने, विरोध जनाउने निर्णय अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
सम्बन्धित
प्रतिक्रिया