आन्तरिक उडान सञ्चालन गर्न वायुसेवा सञ्चालक संघ सहमत
काठमाडौं । वायुसेवा सञ्चालक संघ आन्तरिक उडान सञ्चालन गर्न तयार भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र वायुसेवा सञ्चालकहरुबीचको छलफलमा शत प्रतिशत यात्रु राखेर जहाज सञ्चालन गर्ने सहमति भएसँगै हवाइ उडान खुल्ने निश्चित भएको हो ।
सरकारले असोज १ देखि आन्तरिक उडान खोल्ने निर्णय गरेपनि ५० प्रतिशत मात्रै यात्रु राखेर जहाज उडान नसक्ने वायु सेवा सञचालकहरुको अडान थियो ।
मन्त्रिपरिषद्को निर्णयमा स्वास्थ्य सुरक्षाका लागि सीट क्षमताको आधा मात्रै यात्रु राखेर विमान सञ्चालन गर्नुपर्ने व्यवस्था रहेपनि अहिले सो व्यवस्था हटाइएको पर्यटन मन्त्रालय निकट स्रोतले जनाएको छ ।
वायुसेवा सञ्चालकहरुले आधा मात्रै यात्रु राख्दा लागत खर्च नउठ्ने र भारत लगायतका अन्य देशमा पनि यस्तो व्यवस्था नरहेको तर्क अघि सारेका थिए । अब सोमबारदेखि नियमित आन्तरिक उडान हुने तय भएको मन्त्रालय स्रोतले जनाएको छ ।
प्रतिक्रिया