कोरोना अपडेट : आज एकैदिन १४ सय ४७ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरसलाई जित्नेको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४७ जनाले कोरोना भाइरसलाई जितेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना जित्नेको संख्या ३५ हजार २ सय ६७ पुगेको छ । आजसम्म डिस्चार्ज हुने ७२ प्रतिशत रहेको छ । त्यस्तै, बितेको २४ घण्टामा नेपालमा थप १ हजार २०४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ३३३ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज काठमाडौंमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जनासहित देशभर ४०८ महिला र ७९६ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ ।
प्रतिक्रिया