कांग्रेसका महामन्त्री शशांक कोइराला डिस्चार्ज
नेपालखोज
२०७७ असोज ३ गते १९:३३
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसको सङ्क्रमण पछि महामन्त्री कोइरालाको स्वास्थ्य जटिल बन्दा ओम अस्पतालमा भर्ना भएका थिए ।
स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज भएका कोइरालाले डाक्टरको सल्लाहअनुसार घरमै आइसोलेशनमा बस्ने जानकारी दिएका छन् । कोइरालालाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया