शुक्रबार, वैशाख ७, २०८१

गोलभेंडा खानुका अनगिन्ती फाइदा

नेपालखोज २०७७ असोज ४ गते ५:०३

१. नियमित गोलभेडा सेवन गर्ने व्यक्तिलाई मिर्गौला र पित्तथैलीमा हुनसक्ने पत्थरीबाट जोगाउछ ।

२. गोलभेडा खाँदा पाइने भिटामिन के को कारणले कपाल बलियो हुन्छ । चमकदार, सिल्की र लामो हुनुका साथै कपाल झर्ने समस्यामा पनि कम गर्छ ।

३. गोलभेडाको जुस खाँदा छाला चम्किलो हुन्छ । साथै छालाको कोषहरुलाई बिग्रनबाट जोगाउछ ।

४. गोलभेडामा हुने क्याल्सियम र एन्टी अक्सिडेन्टले हड्डी बलियो बनाउन मद्दत गर्छ ।

५. रगतमा पाइने प्लेटलेट्स कोषहरु एक ठाउमा जम्मा भएर नशामा रगत जम्न गई रगत प्रवाहमा अवरोध उत्पन्न हुन सक्छ । गोलभेडा प्रशस्त मात्रामा पाइने फाइटो न्युट्रियन्ट्सले यस्तो सम्भावना कम गराउछ ।

६. हरेक ८ मध्ये १ व्यक्तिलाई प्रोष्टेड क्यान्सर हुने सम्भावना हुन्छ । गोलभेडा खाँदा पाइने अल्फाटोमाटिनले प्रोष्टेड क्यान्सरकोष बढन नदिने बनिसकेको क्यान्सरकोषलाई भगाउने काम गर्छ ।

प्रतिक्रिया