शनिबार, वैशाख १३, २०८२

राष्ट्रिय वाणिज्य बैंकको २४१औं शाखा सुर्खेतको वीरेन्द्रनगरमा

नेपालखोज २०७७ असोज ४ गते १५:०७

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं.–६ स्थित शाखा कार्यालय बिरेन्द्रनगर सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं शाखा कार्यालयको आज आईतबार समुद्घाटन गरेका हुुन ।

उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रकाश ज्वालाले रा.वा.बैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखी भन्दा पनि थप सेवामुखी हुनुपर्ने बताएका छन् । उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे । बैकको कर्णाली प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख डा. शालिकराम पोख्रेलले शाखाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा शाखा कार्यालय वीरेन्द्रनगरका प्रबन्धक जयप्रसाद बरालले स्वागत मन्तब्य व्यक्त गरेका छ्न् । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया