आइतवार ३ अंकले बढ्यो शेयर बजार, २ अर्ब ७४ करोडभन्दा बढीको कारोबार हुदाँ रिलायन्स इन्स्योरेन्सको सर्वाधिक हिस्सा
काठमाडौं । आइतवार शेयर बजार ३ अंक माथी उक्लिएर १ हजार ५७५ दशमलव १८ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा परिसूचक शून्य दशमलव १९ प्रतिशत बढेको हो । बिहीवार नेप्से २ प्रतिशतले बढेको थियो । बिहीवार १ हजार ५७२ दशमलव १८ विन्दुमा बन्द भएको बजार आइतवार १ हजार ५९५ दशमलव ४८ विन्दुदेखि खुला भएको हो । यस दिन बजार १ हजार ६०५ दशमलव १३ विन्दुसम्म पुगेको थियो । आइतवार वित्त समूहका शेयरप्रति लगानीकर्ताको आकर्षण उच्च देखिएको छ । कारोबार बन्द हुदाँ ११ समूहमध्य बैंकिङ, विकास बैंक र वित्त समूहको परिसूचक बढेको छ भने बाँकी समूह घटेको छ ।
सर्वाधिक वित्त समूहको ३ दशमलव ९४ प्रतिशत परिसूचक बढेको छ । त्यस्तै बैंकिङ समूहको १ दशमलव ५५ प्रतिशत र विकास बैंकको १ दशमलव ४१ प्रतिशत परिसूचक बढेको हो । यो दिन होटल समूहको ५ दशमलव १३ प्रतिशत र जलविद्युत समूहको ४ दशमलव शून्य ६ प्रतिशतले परिसूचक घटेको छ । यस दिन निर्जीवन बीमा समूहको शून्य दशमलव ८६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव शून्य ७ प्रतिशत, अन्यको १ दशमलव शून्य १ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ५७ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ९५ प्रतिशत परिसूचक घटेको हो ।
आइतवार १८८ कम्पनीको ६४ हजार ५१५ पटकको व्यापारमा २ अर्ब ७४ करोड २७ लाख ९५ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । बिहीवार ३ अर्ब ७२ करोड ६८ लाख ८५ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो । बिहीवारको तुलनामा भने कारोबार रकममा कमि आएको छ । आइतवार सर्वाधिक कारोबारको हिस्सा रिलायन्स लाइफले ओगटेको छ । रिलायन्सको यस दिन १९ करोड ४७ लाख ६४ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
आइतवार खानीखोला हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने हिमाल दोलखा र लिवर्टी ईनर्जी पावरको शेयरमूल्य १० प्रतिशतले घटेको छ । लिवर्टी इनर्जी कम्पनीको आइतवारदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको हो । सुरुवाती समयमा उच्च खरिद मागका कारण १० प्रतिशत शेयरमूल्य बढेको लिवर्टीको पछिल्लो समय उच्च विक्री मागका कारण १० प्रतिशत शेयरमूल्य घटेको हो । ३०० रूपैयाँमा खुलेको लिवर्टीको शेयरमूल्य १० प्रतिशत घटेर २७० कायम भएको छ । त्यस्तै हिमाल दोलखाको शेयरमूल्य ९९ रूपैयाँ कायम भएको छ ।
प्रतिक्रिया