शनिबार, वैशाख १३, २०८२

निजी क्षेत्रमा २ अर्ब प्रतिदिन घाटा

नेपालखोज २०७७ असोज ४ गते १६:१०

काठमाडौं । कोरोना संक्रमणका कारण सरकारले गरेको लकडाउनका कारण आर्थिक क्षेत्र तहस नहस जस्तै भएको छ । अहिले निजी क्षेत्रले दैनिक २ अर्व घाटा व्यहोर्नु परेको उद्योगी तथा व्यवसायीहरुको वेविनार छलफलमा उद्यमी कमलेश अग्रवालले जानकारी दिएका छन् ।

नेपाल महिला चेम्वर्सद्धारा आयोजित वेबिनार छलफलमा प्रमुख वक्ताका रुपमा रहेका अग्रवालले औषधी तथा खाद्यान्न उद्योगहरुको ४ प्रतिशतमात्र सञ्चालन भएपनि अन्य सवै उद्योग वन्दा हुँदा निजी क्षेत्रले दैनिक २ अर्व भन्दा बढी रकम घाटा व्यहोर्नु परेको तथ्यांक समेत सार्वजनिक गरेका थिए ।

कोभिडका कारण उद्योगीहरुले ९० करोड व्याज, ७० करोड ज्याला तथा पारिश्रमिक र ४० करोड भन्दा बढी रकम विजुलीमा दैनिक खर्च गर्नु परेको तथ्यांक समेत छलफलमा प्रस्तुत गरेका थिए ।

कोभिड १९ कै कारण २५ प्रतिशतले रोजगारी गुमाउन वाध्य हुनु परेको तथ्य पेश गर्दै अग्रवालले साना उद्योमीहरुमा मानसिक समस्या देखा पर्नुको साथै कतिपयले आत्महत्या समेत रेको बताए ।

प्रतिक्रिया