कोरोनाका कारण ४५ लाख युवा समस्यामा
नेपालखोज
२०७७ असोज ४ गते १६:१५
काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण नेपालबाट वैदेशिक रोजगारीमा गएका ४५ लाख युवाहरु समस्यामा परेको नेपाल चम्वर्स अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले बताएका छन् ।
नेपाल महिला चेम्वर्सद्धारा आयोजित वेबिनार छलफलमा प्रमुख वक्ताका रुपमा बोल्दै अग्रवालले सो कुरा बताएका हुन् । कोरोना भाईरस विश्वभर महामारीका रुपमा फैलिएका बेला विश्वकै अर्थतन्त्रमा समस्या परेका कारण वैदेशिक रोगगारीमा गएका श्रममा संलग्न नेपाली युवाहरु समस्यामा परेको उनको दावी थियो ।
सम्बन्धित
प्रतिक्रिया