कोरोना संक्रमणबाट विदेशमा रहेका २४४ नेपालीको मृत्यु
नेपालखोज
२०७७ असोज ४ गते १६:२८
काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट हालसम्म विदेशमा रहेका ६४५ नेपालीको ज्यान गएको छ । नेपालमा मात्र हालसम्म ४०१ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा रहेका २४४ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
कोरोना संक्रमणबाट हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीको मृत्यु भइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया