मंगलबार, असार ३, २०८२

निजी विद्यालयमा कार्यरत शिक्षकद्वारा धर्नासहित आन्दोलनका कार्यक्रम घोषणा

नेपालखोज २०७७ असोज ४ गते १६:३६

काठमाडौं । नियमित तलबको माग र कर्मचारी कटौतीको विरोधमा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले आज घोषणा गरेको कार्यक्रम अनुसार ९ असोजमा सम्बन्धित पालिकाहरूमा ज्ञापनपत्र दिने, निजी तथा संस्थागत विद्यालय संगठन (प्याब्सन) र निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सन)का सबै तहमा स्मरण पत्र दिने भएको छ ।

त्यस्तै, ११ गतेदेखी १३ असोजसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मानव संशाधन विकास केन्द्र, श्रम मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा अल्टिमेटम् दिने र १५ असोजमा सबै महानगरपालिका र उपमहानगरपालिकामा धर्ना दिइने इस्टुका अध्यक्ष होमकुमार थापाले जानकारी दिए ।

इस्टुले असोज १८ मा देशभरीका प्रमुख शहरहरूमा विरोध ¥याली र कोणसभा गर्ने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया