शनिबार, वैशाख १३, २०८२

राष्ट्र बैंकले सोमबार २० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दै

नेपालखोज २०७७ असोज ४ गते १७:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ ५ गते सोमबार २० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको जानकारी राष्ट्र बैंकले दिएको छ ।

बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको १४ अर्ब तीन करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ । सो मध्ये २८ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ पुुस सात गते, १८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि बिसं २०७७ चैत्र १० गते र ३६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि बिसं २०७८ असोज पाँच गते तोकिएको छ ।

प्रतिक्रिया