कोरोना अपडेट : २४ घण्टामा थप ९ सय ६६ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणपछि निको भएर ९ सय ६६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थप ९ सय ६६ जना उपचार पछि निकोसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४६ हजार २ सय ३३ जना पुगेको जानकारी दिए ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७ सय ६७ कोरोना संक्रमित देखिएका छन् । आज काठमाडौँमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा ९ हजार ५८४ पीसीआर परीक्षण भएको जनाएको छ ।
त्यस्तै २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या ४ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया