आरटिजिएस प्रणालीमा बिजनेस डे सेड्युुल सञचालनमा
नेपालखोज
२०७७ असोज ४ गते १७:२०
काठमाडौ । नेपाल राष्ट्र बैंकले रियल टाईम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीमा नियमित बिजनेश सेड्युल सञ्चालन गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार (आज) आईतबारबाट आरटिजिएस प्रणाली अन्र्तगतको आरटिजिएस सिस्टम रुल्स २०१९ मा भएको व्यवस्था अनुसार बिजनेस सेड्युल सञ्चालन गरिएको हो ।
यस अन्र्तगत आईतबार देखि बिहिबारसम्म नर्मल बिजनेश डे तोकिएको छ । उक्त सेड्युुल बिहान १०ः३० बजेदेखि अपरान्ह ३ बजेसम्म कस्टमर र इन्टर बैंक कारोवार तथा ३ देखि ३ः४० बजेसम्म ईन्टर बैंक कारोवार हुनेछ भने शुुक्रबार बिजनेशन डे अन्र्तगत बिहान १०ः३० बजेदेखि १ः३० बजेसम्म कस्टुमर एण्ड इन्टर बैंक कारोवार सञ्चालन हुुनेछ ।
सम्बन्धित
प्रतिक्रिया