सोमबार, असार २३, २०८२

जाहाजमा पूरा सिटमा मान्छे राख्न दिएर सरकारले विभेदकारी नीति ल्यायो : महासचिव सिटौला

नेपालखोज २०७७ असोज ४ गते १९:१३

काठमाडौं । सरकारले जाहाजमा पूरा सिटमा मान्छे राख्न दिएर विभेदकारी नीति ल्याएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलालको आरोप लगाइका छन् ।

सरकारले एयर लाइन्सलाई भौतिक दूरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडान पाउने निर्णय गरेपछि यातायात व्यवसायी आक्रोशित बनेका हुन् । यातायात व्यवसायीले सबै सिटमा यात्रु राखेर यातायात संचालन गर्ने चेतावनी पनि दिएका छन् ।

पहुँचकै आधारमा जाहाजले सबै सिटमा यात्रु राख्ने अनुमती पाएको उनले आरोप लगाएका छन् । जाहाज र गाडीलाई समान व्यवहार नगरे यातायात व्यवसायी पुरानै भाडामा स्वास्थ्य मापदण्ड मानेर पूरा सिटमा यात्रु राख्ने सिटौलाले चेतावनी दिएका छन् ।

प्रतिक्रिया