शनिबार, असार ९, २०८१

हुन्डाइद्धारा दशैं तिहार योजना सार्वजनिक,१ वर्ष निःशुल्क वीमा

नेपालखोज २०७७ असोज ५ गते ११:४७

काठमाडौ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारीक विक्रेताले ग्राहकहरु माझ यसपालिको दशैं तिहार वेलकम टुु हुुण्डाइ परिवार नामक योजना सञ्चालनमा ल्याएको छ । उक्त योजनाको अवधि यही असोज ५ गते देखी २०७७ मंसिर ५ गतेसम्म लागु हुनेछ । कम्पनीका अनुसार यो योजना दशैं तिहार र छठ उत्सव मनाउने लक्ष्य सहित ल्याइएको हो ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई औरा १ थान र हुन्डाई ग्राण्ड आई १० निओस एक थान जित्न सक्नेछन ।  साथै, ग्राहकहरुले १ वर्ष निःशुल्क वीमा पनि पाउनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उनीहरुलाई सम्मान स्वरुप “विशेष प्याकेज“ दिने निर्णय पनि गरेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १३ शोेरुमहरु, तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ, र १ बर्ष निःशुल्क सवारी कर भुक्तानी सहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुने जानकारी पनि कम्पनीले दिएको छ ।

प्रतिक्रिया